सुदूरपश्चिममा एक मन्त्री र एक राज्यमन्त्री नियुक्त

 असोज १, २०७८ शुक्रबार २०:१७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएकाे छ । आज शुक्रवार एक मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका हुन् । 

आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख गङ्गाराज यादवले आज बेलुका पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । लामा नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरका अध्यक्ष हुनुहुन्छ । उहाँ कञ्चनपुर क्षेत्र नम्बर १ 'क' बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हो । 

साथै अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त हुनुभएको छ । उहाँलाई मुख्यमन्त्री त्रिलोचन भट्टले शपथ ग्रहण गराउनुभयो । बाेहरा बझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुनुहुन्छ । 

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा माओवादी र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार रहेको छ । सरकारमा नेकपा एकीकृत समाजवादीका सात र नेकपा माओवादीका चार जना सहभागी छन् ।

तस्बिर : विलियम तामाङकाे फेसबुकबाट

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया