पहिलाे हाफमा नेपाल १–० ले अघि

 असोज २, २०७८ शनिबार १६:४९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – एएफसी महिला एसियन कप–२०२२ को छनोटअन्तर्गत फिलिपिन्ससँगकाे खेलमा नेपालले पहिलाे हाफमा एक–शून्यकाे अग्रता लिएकाे छ । 

उज्वेकिस्तानको जेएआर स्टेडियमा भइरहेकाे खेलमा नेपालले खेलकाे दशाैँ मिनेटमा गाेल गरेकाे हाे । नेपालका लागि विमला चाैधरीले गाेल गरिन् । 

एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्षको फेब्रुअरीमा भारतमा हुने महिला एसियन कप खेल्न पाउनेछ । 

छनोटअघि नेपालले काठमाण्डौमा बङ्गलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेकोमा एकमा जित र एकमा बराबरीको नतिजा निकालेको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया