इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग बराबरीमा राेकियाे

 असोज ३, २०७८ आइतबार ७:१९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।

गएराति भएको खेलमा सिटी र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका हुन्।

बराबरीसँगै सिटीले घरेलु मैदानमा साउथह्याम्पटनसँग अङ्क बाँडेको छ । सिटीको ५ खेलमा १० अङ्क छ । सिटी लिगको दोस्रो स्थानमा छ । त्यस्तै साउथह्याम्पटन ४ अङ्कका साथ १५ औं स्थानमा छ ।

प्रिमियर लिगमा वाट्फोर्डले नर्विच सिटीलाई ३–१ गोलले र ब्रेन्टफोर्डले वुल्भ्सलाई २–० गोलले हराएको छ । न्युक्यासल र लिड्स युनाइटेडले एक/एक गोलको बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: असोज ३, २०७८

तपाईको प्रतिक्रिया