लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको शीर्षस्थानमा

 असोज ३, २०७८ आइतबार ७:३७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० गोलले हराएको छ ।

गएराति भएको खेलमा लिभरपुलका साडियो माने, मोहमद सलाह र नेबी केइटाले एक/एक गोल गरे । लिभरपुलका लागि साडियो मानेको यो एक सय औँ गोल समेत हो । लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले ५ खेलमा १३ अङ्क जोडेको छ ।

क्रिस्टल प्यालेस ५ खेलमा ५ अङ्कका साथ १४ औं स्थानमा छ ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया