ओमानसँगकाे खेलमा शरदलाई पहिलाे एकदिवसीय विकेट

 असोज ३, २०७८ आइतबार १९:११:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पार्टटाइम स्पिनर शरद भेषवारकारले एकदिवसीय क्रिकेटमा पहिलाे एकदिवसीय विकेट लिएका छन् । 

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा ओमानसँगकाे खेलमा शरदले याे सफलता हात पारेका हुन् ।

शरदले आफ्नाे बलिङकाे पहिलाे ओभरमा नै सफलता हासिल गरेका हुन् । २२ औँ ओभरमा आफ्नाे पहिलाे ओभर बलिङ गरेका शरदले दाेस्राे बलमा विकेट लिँदै मेडन ओभर राखे । 

समग्रमा ६ ओभर बलिङ गरेका शरदले एक मेडन राखेर २१ रन दिँदै दुई विकेट लिए । याेसँगै शरदकाे तीन खेलमा दुई विकेट भएकाे छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया