युनाइटेडले वेस्ट ह्यामलाई हरायो, रोनाल्डोको गोल यात्रा जारी

 असोज ३, २०७८ आइतबार २०:५१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई  हराएको छ । युनाइटेडले वेस्ट ह्यामलाई दुई–एकले हरायो ।

खेलको ३० औँ मिनेटमा बेन्राहमले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । तर ३५ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

युभेन्ट्सबाट युनाइटेड गएका रोनाल्डोले लगातार गोल गरिरहेका छन् । उनले च्याम्पियन्स लिगमा समेत युनाइटेडका लागि गोल गरेका थिए ।

यस्तै ८९ औँ मिनेटमा लिङ्गार्डले गोल गर्दै युनाइटेडलाई जिताए । जितसँगै युनाइटेड पाँच खेलमा १३ अङ्कसहित दोस्रो स्थानमा पुगेको छ ।

आजै भएको अर्को खेलमा ब्राइटनले लेस्टर सिटीलाई दुई–एकले हराएको ट । जितसँगै ब्राइटन १२ अङ्कसहित तेस्रो स्थानमा पुगेको छ ।  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया