सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्ग...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । गएराति दुबईमा भएको खोलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २० रनले हराएको हो ।
चेन्नईले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सौरभ तिवारीले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले भने क्विन्टन डी ककले १७, अनमोलप्रित सिंहले १६, एडम मिल्ने र किरण पोलार्डले १५/१५ रन बनाए ।
चेन्नईका ड्वाने ब्राभोले ३ तथा दिपक चहरले २ तथा जोस हाजलेवुड र शार्दुल ठाकुरले एक/एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
चेन्नईका रुतुराज गायकवाडले अविजित रहँदै ८८ रनको अर्धशतकीय पारी खेले । यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुम्राहले २/२ विकेट लिए ।
जितसँगैै १२ अङ्क जोडेको चेन्नई अक तालिकाको शीर्ष स्थानमा छ । आईपीएल क्रिकेटमा आज काेलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्ग्लाेर खेल्ने छन् । खेल बेलुका पौने ८ बजे हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।