आइबा विश्व बक्सिङ च्याम्पियनसिपकाे छनाेट खेलमा सनिल शाही पहिलाे

 असोज ४, २०७८ सोमबार ११:१९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि भएको छनोट प्रतियोगिताको ६७ केजीमा पहिलो भएका छन् ।

नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई पराजित गरे । यससँगै छनोट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडी सहभागी थिए ।

विश्व च्याम्पियनसिपका लागि बक्सिङ सङ्घले गठन गरेको छनोट समितिले यी उत्कृष्टताका आधारमा खेलाडी छनोट गर्ने नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले जनाएका छन् । विश्व च्याम्पियनसिप सर्बियामा आउँदो अक्टोबर २५ तारिखदेखि नोभेम्बर ६ तारिखसम्म हुनेछ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया