‘महात्मा गान्धीको हत्यामा खुशियाली मनाउनेहरु आज सत्तामा छन्’: स्वरा भास्कर

 भदौ १७, २०७५ आइतबार १७:३६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री स्वरा भास्कर अभिनयका कारण जति चर्चामा हुन्छिन्, त्यो भन्दा पनि बढी चर्चा उनले सार्वजनिक ठाउँ तथा सामाजिक सञ्जालहरुमा राखेका विचारहरुका कारण हुन्छिन् । 

स्वरा सामाजिक सञ्जालमा राखेका विचाहरु तथा सञ्चार माध्यममा राखेका बयानका कारण बेला बेलामा ट्रोल भइरहेकी हुन्छिन् । 

हालै दिल्लीमा सञ्चार माध्यमका साथ कुराकानीका क्रममा स्वराले दिएको बयानले फेरि उनी चर्चामा छिन् । स्वराले कुराकानीका क्रममा महात्मा गान्धीको हत्यालाई याद गर्दै भारतीय जनता पार्टीलाई निशाना लगाएकी छिन् । 

स्वराले भनिन्, ‘भारतमा महात्मा गान्धी जस्ता महान् व्यक्तिको हत्या भयो, त्यस समयमा केही यस्ता व्यक्तिहरु पनि थिए जो गान्धीको हत्यामा खुशियाली मनाइरहेका थिए । आज तिनै व्यक्तिहरु सत्तामा छन् ।’ 

साथै उनले ‘के ती व्यक्तिहरुलाई जेलमा हाल्नु पर्छ ?’ भन्दै प्रश्न गरेकी छिन् र आफैं जवाफमा ‘होइन, ती व्यक्तिलाई जेलमा हाल्न सम्भव छैन’ भनेकी छिन् ।  

स्वराले यसअघि पनि सामाजिक तथा राजनितिक मुद्दामा आफ्ना विचारहरु राख्दै आएकी छिन् । यही कारण उनले पटक पटक ट्रोलको सामना गर्दै आएकी छिन् । 

स्वराले केही समय अगाडि भारतीय सेनाको खिल्ली उडाउँदै भारतीय सैनिकलाई बवेकुफ भनेकी थिइन् । 

साथै उनले सैनिकहरुले फिल्डमा आफ्नो मनोमानी ढंगले काम गर्ने बताएकी थिइन् । यस किसिमको बयानका कारण स्वराको सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । 

केही समय अगाडि ट्रोल भएकै कारण स्वरा भास्करले उनको ट्वीटर अकाउन्ट केही दिनसम्मको लागि डियाक्टीभेट गरिदिएकी थिइन् । 


 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया