एमाले सांसदकाे नाराबाजी बीच विनियोजन विधेयक पारित

 असोज ४, २०७८ सोमबार १२:९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - संसद्ले विनियोजन विधेयक २०७८ पारित भएको छ ।  एमाले सांसदको अवरोधका बीच सुरु भएको संसद् बैठकमा विनियोजन विधेयक २०७८ पारित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले 'विनियोजित विधेयक पारित गरियोस्' भन्ने प्रस्ताव पेस गर्न अर्थमन्त्री जनार्दन शर्मालाई अनुमति दिनु भएको थियो। मन्त्री शर्माले प्रस्ताव पेस गरेपछि बहुमतले यो विधेयक पारित भएको हो । 

नाराबाजीकैबीच सभामुख अग्नि सापकोटाले संसद्को कारबाही अगाडि बढाउनु भएको थियो । प्रतिनिधि सभाबाट विनियोजन विधेयक आज नै राष्ट्रिय सभामा जानेछ। राष्ट्रिय सभाको बैठक भोलि बोलाइएको छ । 

प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाको बैठक भोलि मङ्गलवारका लागि बोलाइएको छ । राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधि सभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाएपछि कार्यान्वयनमा आउनेछ । त्यसपछि अहिलेको बजेट होलिडेको अन्त्य हुनेछ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया