नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

 असोज ५, २०७८ मंगलबार ९:५२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाका लागि ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

टोली बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् । 

ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको श्रृङ्खलाका चार खेलमध्ये नेपालले दुईमा जित र दुईमा हार बेहाेरेकाे थियो ।

नेपालले चौथो खेलमा ओमानलाई सात विकेटले र पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले र तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

नेपाल लिग–२ को चौथो स्थानमा छ । नेपालले ८ खेलमा ८ अङ्क जोडेको छ । त्रिदेशीय श्रृङ्खला अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एक दिवसीय श्रृङ्खला खेलेको थियो । नेपालले श्रृङ्खला २–० ले जितेको थियो ।

नेपाली टोलीसँगै गएका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका कारण फर्किएनन् ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया