आईपीएल क्रिकेटमा राजस्थानको रोमाञ्चक जित : पन्जाब दुई रनले पराजित

 असोज ६, २०७८ बुधबार ६:३२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पन्जाब किङ्सलाई राजस्थान रोयलले दुई रनले हराएको छ । दुबईमा गए राति भएको खेलमा राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८३ रन मात्रै बनाउन सक्यो ।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो । तर, कार्तिक त्यागीले १ रन खर्चेर २ विकेट लिएपछि राजस्थानले रोमाञ्चक जित निकालेको हो । पन्जाबका मयांक अग्रवालले ६७ रनको अर्धशतकीय पारी खेले । केएल राहुलले ४९ रन जोडे । राजस्थानका कार्तिकले २, चेतन साकरिया र राहुल टेवाटियाले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो । राजस्थानका याशभी जैसवालले ४९ र महिपाल लोम्रोरले ४३ रन जोडे । पन्जाबका अर्शदिप सिंह एक्लैले ५ विकेट लिए । मोहमद शामीले ३ विकेट लिए । जितपछि ८ खेलमा ८ अंक जोडेको राजस्थान पाँचौं स्थानमा छ । ९ खेलमा ६ अंक जोडेको पन्जाब सातौं स्थानमा छ ।
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया