दुबईबाट आएर नेपालमा हत्या

 भदौ १७, २०७५ आइतबार १९:१३:३८ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– मोलुंग गाउँपालिका वडा नं. ३ हर्कपुरमा भदौ ५ गते हत्या गरिएका २७ वर्षका सन्तोष कार्की हत्याका अभियुक्तले साविति बयान दिएका छन् । 

दाङको भालुवाङका संजितकुमार थापाले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राखेको आरोपमा खड्काको हत्या गरेको प्रहरी समक्ष बयान दिएका हुन् । उनले दुबईबाट नेपाल आएर सन्तोषको हत्या गरेको बताएका छन् । 

थापाले पटक–पटक आफूले सन्तोषलाई सम्झाएको बताएका छन् । अदातलमा उपस्थित गराउँदा धेरै पटक श्रीमती र सन्तोषबीचको सम्बन्धबारे सम्झाउँदा पनि अटेर गरेपछि आफूले आवेशमा आएर हत्या गरेको स्वीकारे । हत्या गर्नु केही दिनअघि मात्रै थापा नेपाल आएका हुन् । ‘धेरै दुःख दिएकाले सम्झाउन आएको थिएँ, उसैले ममाथि आक्रमण गरेपछि आवेशमा हत्या गरेँ’, थापाले प्रहरीलाई भनेका छन् ।

उनले हत्या गरेको तीन दिनपछि फेसबुकमै आफूले हत्या गरेरको स्टाटस राखेका थिए । उनले सन्तोषकै कारण आफ्नो परिवार भत्किएको समेत आरोप लगाए ।

‘सम्झाउन आएको आखिर विदेशबाट हत्या गर्न आएजस्तो भयो, यस्तो समस्या अरुका परिवारमा नआओस्’, थापाले अदालतमा भने ।   

अन्तिम अपडेट: चैत २३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया