सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – दोस्राे लकडाउनपछि रोकिएको पर्वतीय उडान अर्थात् माउन्टेन फ्लाइट फेरि सुरु हुने भएको छ । बुद्ध एअरले आउँदो शनिवारदेखि हरेक शनिवार र यती एअरलाइन्सले १० गते आइतवारदेखि हरेक आइतवार उडान गर्ने जनाएको छ ।
मौसममा केही सुधार हुने सङ्केत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर र मार्च महिना उपयुक्त मानिने भएकाले उडान सुरु गर्न लागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।
हरेक आइतवारका लागि एटीआर विमानमार्फत एउटा उडान हुने गरी तालिका तय गरिएको र यात्रुहरूको मागअनुसार बिस्तारै उडान सङ्ख्या थप गर्दै जाने नीति लिएको प्रवक्ता बर्ताैलाले बताउनुभयो ।
अहिलेका लागि यतीले नेपाली तथा भारतीय नागरिकका लागि सगरमाथाको उचाइ बराबरको आठ हजार आठ सय ४८ र आकर्षक भाडादरमा पर्वतीय उडानको टिकट खरिद गर्न पाइने जनाएको छ । आवासीय विदेशी नागरिकका लागि भने १३ हजार दुई सय ७५ भाडा दर कायम गरिएको बर्तौलाले जानकारी दिनुभयो ।
यतीले दुई वटा टिकटका लागि क्रमशः नाै हजार आठ सय ४८ र विदेशीका लागि १४ हजार सात सय ७५ रुपैयाँ भाडा दर तोकेको छ । यो टिकट खरिद गर्दा भने यात्रुहरूले एउटा झ्याल भएको र अर्कोसँगैकाे झ्याल नभएको सिट प्राप्त गर्नेछ्न् ।
बुद्ध एअरले भने १० हजार रुपैयाँमा दुई वटा टिकटको व्यवस्था गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।