लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार र होटल व्यवसायीबीच...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर चार दशमलव एक प्रतिशतमै सीमित रहने प्रक्षेपण गरेको छ ।
एसियाली विकास बैंकले गएको अप्रिलमा गरिएको पाँच दशमलव एक प्रतिशतको प्रक्षेपणलाई परिमार्जन गरेर चार दशमलव एक प्रतिशतमा झारिएको जनाएको छ । महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर पर्दा यसले धेरै आर्थिक गतिविधिमा असर पार्ने भन्दै बैंकले नेपालले खोप लगाउने गतिलाई बढाएमा केही सकारात्मक परिवर्तन आउन सक्ने जनाएको छ ।
एसियाली विकास बैंकले नेपाल सरकारले ल्याएको बजेट विस्तारवादी भएको र स्वास्थ्य सेवाको हेरचाह, रोजगारी सिर्जना, गरिब तथा कमजोर वर्गमा सामाजिक सुरक्षाको विस्तार र कृषि उत्पादकत्व बढाउनमा केन्द्रित भएको टिप्पणी गरेको छ ।
यस्तै पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण मुद्रास्फीति भने पाँच दशमल दुई प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यसअघि त्यो तीन दशमलव ६ प्रतिशतमा सीमित रहने आकलन गरिएको थियो ।
जलविद्युत् उत्पादनमा वृद्धि भएसँगै पेट्रोलियम पदार्थको आपूर्ति पनि क्रमशः घट्ने र त्यसले भुक्तानी सन्तुलनमा कम चाप पर्नेछ । विप्रेषण आय र निर्यातमा वृद्धि भए पनि चालु खाता घाटा उच्च रहने प्रतिवेदनमा उल्लेख छ ।
नेपाल सरकारले भने यो आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।