‘वर्ल्ड हाप्किडो च्याम्पियनसिप’का लागि नौ खेलाडी छनोट

 असोज ७, २०७८ बिहीबार ११:४०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - पोखरामा एक महिनाअघिदेखि सञ्चालन भएको बन्द प्रशिक्षणमा सहभागी २० खेलाडीमध्येबाट च्याम्पियनसिपका लागि नौ खेलाडी छनोट गरिएको नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घले जनाएको छ ।

बन्द प्रशिक्षण समापनका अवसरमा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडीलाई हिजाे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराबाट बिदाइ तथा च्याम्पियनसिपमा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

रसियाको सेन्ट पिटर्सवर्गमा आउँदाे कात्तिक ५ देखि ७ गते हाप्किडोको च्याम्पियनसिप आयोजना हुँदैछ । नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घ गण्डकीका उपाध्यक्ष तारा थापामगरले एक महिना लामो बन्द प्रशिक्षण समापन गरिएको र केही दिनको आरामपछि फेरि रसिया जानु १० दिन अगाडि काठमाण्डौमा प्रशिक्षण सञ्चालन गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार हाप्किडो सङ्घका प्रमुख प्रशिक्षक सुष्मिता गुरुङ नेतृत्वमा रसिया जाने खेलाडीमा चार महिला र चार पुरुष खेलाडी छन् । सहभागी हुने खेलाडीमा भुवन बुढामगर  (लुम्बिनी), प्रविन गुरुङ( वाग्मती), कृति गिरी (गण्डकी प्रदेश), विजयाकुमारी वाइबा (प्रदेश नं १), गङ्गा घर्तीमगर (लुम्बिनी), नविना श्रेष्ठ (लुम्बिनी), गुमान घर्तीमगर (लुम्बिनी) र गणेश केसी (लुम्बिनी) रहनुभएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया