अर्घाखाँचीका कुनै गाउँमा बिजुली नपुगेको भए सूचना दिन प्राधि...
फागुन २९, २०८१ बिहिबार
काठमाडौं - सरकारले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शिखर सम्मेलन प्रभावकारी रुपमा सम्पन्न भएकामा बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई धन्यवाद दिएको हो ।
यस्तै सम्मेलनलाई भव्यरुपमा सफल पार्न प्रभावकारी भूमिका निर्वाह गर्ने स्थानीय एवं प्रदेश सरकार, नागरिक तथा सञ्चारमाध्यमलाई पनि धन्यवाद दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताउनुभयो । भदौ १४ र १५ गते भएको सम्मेलन १८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो ।
त्यसैगरी सम्मेलनका कारणले सवारी चाप वा सर्वसाधारणले यात्राका क्रम वा अन्य समयमा पनि भोग्नुपरेको समस्याप्रति सरकार सम्बेदनशील र गम्भीर रहेको भन्दै आगामी दिनमा वैकल्पिक उपायबाट यस्ता महत्वपूर्ण सभा सम्मेलन गर्दा कुनै असुविधा नहुने व्यवस्था गर्ने प्रतिबद्धतासमेत सरकारले जनाएको छ ।
बिमस्टेकको सफलताले नागरिकले भागेका सबै समस्यालाई बिर्साउने उल्लेख गर्दै मन्त्री अधिकारीले आगामी दिनमा वैकल्पिक उपाय खोजेर सकेसम्म नागरिकलाई कष्ट नहुने अवस्था सिर्जना गर्ने सन्दर्भमा मन्त्रिपरिषद बैठकको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको बताउनुभयो।
यस्तै बैठकले ‘संस्थान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक’ तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर नियमनका लागि तयार गर्ने कानून निर्माण र पशु सेवा परिषद् स्थापनासम्बन्धी व्यवस्थाका लागि सैद्धान्तिक स्वीकृतिसमेत भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।