भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - आज विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
‘रेबिज : तथ्य बुझाैँ,त्रसित नबनाैँ' भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो । नेपालले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ। रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ ।
जङ्गली जनावरको सम्पर्कमा पुगेका कुकुरमा रेबिज लाग्ने र सङ्क्रमित कुकुरले मानिसलाई टोकेपछि यो भाइरस सर्ने गर्छ । पछिल्लो समय कुकुरले टोकेर खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गएको टेकु अस्पतालका निर्देशक डाक्टर अनुप बाँस्तोलाले बताउनुभयो ।
कुकुरलगायत पशुपक्षीकाे टोकाइबाट टेकु अस्पतालमा दैनिक १५० जनासम्म मानिस खोप तथा उपचारका लागि जाने पुग्ने गरेका छन् । रेबिज विरुद्धको खोप सहज उपलब्ध भए पनि ज्यान गुमाउनेको सङ्ख्या घट्न सकेको छैन ।
डाक्टर बाँस्तोलका अनुसार महिनामा एकदेखि तीन जनासम्म व्यक्तिको रेबिजका कारण ज्यान जाने गरेको छ । घरमै पालेको कुकुरले टोकेको भनेर हेलचेक्य्राइँ गर्ने, बेलैमा खोप नलगाउनेलगायतका कारण सङ्क्रमितको ज्यान जाने गरेको उहाँको भनाइ छ ।
सुई लगाएर रेबिजलाई निको पार्न सकिन्छ तर ढिला भएमा प्राणघातक बन्न सक्छ । मुख्य सहर बजारमा छाडा छाडिने कुकुरहरूका कारण रेबिज सङ्क्रमणको जोखिम बढाएको छ । घरमा पालेको वा कुकुरको छाउराले टोकेको भनेर लापर्बाही नगर्न डाक्टर बाँस्तोलाको सुझाव छ ।
जटिल अवस्थामा ‘रेबिज इम्युनोग्लोबुलिन’ सुई लगाउनु पर्छ । एन्टी रेबिज खोप लगाएको सात दिन पार गरिसकेको र पहिला कुनै समयमा एन्टी रेबिज खोप लगाइसकेको अवस्थामा भने ‘रेबिज इम्युनोग्लोबुलिन सुई लगाउन नहुने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।
‘रेबिज इमुनोग्लुबोलिन’ सबै ठाउँमा सहज उपलब्ध छैन । यो सुई लगाउन सङ्क्रमित काठमाण्डौ आउनुपर्ने बाध्यता छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।