स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
चलचित्र रामकाहानी यति बेला निकै चर्चामा छ । सुदर्शन थापा द्धारा निर्देशित चलचित्र यही भाद्र २२ गते बाट नेपालभर प्रदर्शनको तयारीमा छ । यसै सेरोफेरो रहेर हामीले चलचित्र काकलाकार जितु नेपाल सँग रामाइलो कुरा गरेकाकानी गरेका छौ ।
खुशी नै छु , कता–कता डर पनि छ । तर राम्रो चलचित्रलाई दर्शकहरुले मन पाराउनु भएको छ र रामकाहानी ले पनि दर्शकको मन जित्नेमा ढुक्क छु ।
मलाई हाँस्य कलाकारका रुपमा दर्शकले चिन्नुहुन्छ, छक्का पञ्जामा नायक कै भुमिकामा छु, रामकाहानीमा भिलेन छु त्यसैले म नायक र हाँस्यकलाकार भन्दा पनि एउटा राम्रो कलाकार भन्न रुचाउँछु ।
हाहा...हाहा..
हाहा...दिपकजी ले त मलाई नेपालको इम्रान हाश्मी नै बनाइ सक्नु भयो नि, ढुंगा लडाउने सिनमा पनि मलाई नै, मकैको बोट भाच्ने मा पनि मलाई नै अनि भएन त नेपालको इम्रान हाश्मी ।
दिपकजी आफू छाडा छैनन् तर अरुलाई छाडा बनाउँछन् । हाहा...
उहाँ एक कुशल निर्माता हो, काममा हतार गर्नुहुन्न, बरु कसरी हुन्छ कलाकारलाई अलमलाएर भए पनि ढिलै काम गरौँ तर राम्रो गरौँ भन्ने उहाँको धारणा छ । त्यससँगै उहाँ कुशल अभिनेत्री पनि हुनुहुन्छ ।
अहिले त बक्सा छ अफिस छैन हाहा.., घच्घच्याएर मात्र के गर्नु काम हुने हैन, बक्स अफिस सबैमा लागू हुन सकेको छैन । निकिताजी ले पहलभने गरिनै रहनु भाको छ, यसमा सबै गम्भीर भएर लाग्न आवश्यक छ ।
त्यसो त दिपक दिपाले पनि त सत्रु गतेमा काम गर्नु भयो नि त । खासमा हामीले यो सम्झौता गरेकै हो । तर पनि सबैको सहमतिमा नै चलचित्रमा अभिनय गरेको हुँ ।
अब हामी हाम्रो सम्झौता अनुरुप नै अघि बढ्छौँ र आफ्नो चलचित्रलाई कसरी राम्रो बनाउने त्यसैमा ध्यान केन्द्रित गर्छौँ र सबैको सल्लाह अनुसार नै अघि बढ्छौँ । यसमा ए जितु नेपाल ठूलो भएछ भन्ने नकारात्मक सन्देश जान सक्छ तर त्यो हैन हाम्रो काम दर्शकलाई मनोरञ्जन दिने हो र अब हामी मनोरञ्जन आफ्नै व्यानरका चलचित्रबाट दिन्छौँ ।
पत्रकारले चलचित्रका विषयमा दर्शकसम्म जानकारी गराउने हो र आफ्नो धारणा व्यक्त गर्ने हो तर चलचित्र सफल बनाउन कथा, पात्र, निर्देशकलगायत एउटा टिमको आवश्यकता हुन्छ ।
टेलि चलचित्र र चलचित्र निर्देशनमा धेरै ठूलो अन्तर हुन्छ जिरे खुर्सानी सानो पर्दाको भयो भने चलचित्र ठूलो पर्दाको, टेलिचलचित्र कति दर्शकले हेर्नु हुन्छ भन्ने आँकलन गर्न गाह्रो छ, दर्शकले हेरे पनि नहेरे पनि त्यसको नगद नारायण अन्तै बाट आउँछ, झन् अहिले त जुन सुकै बेला जहाँबाट हेर्न पनि सकिन्छ ।
तर चलचित्र भनेको कति सफल बनाउने दर्शककै हातमा हुन्छ । उहाँहरु हल सम्म गएर हेरिदिनु भयो भने बल्ल कमाई हुने हो । चलचित्र निर्माण गर्नु निकै ठूलो चुनौतीको कुरा हो र त्यसमा म अझै पनि तयार भइसकेको छैन ।
हाम्रो प्रयास पनि त्यहि हो वर्षमा एउटा मात्र चलचित्र निर्माण गर्ने र त्यसलाई सफल बनाउने र त्यसमा हामी सक्षम छौँ, दिपकजी दिनरात त्यसमै खटिरहनु हुन्छ, दिपा दिदीको उत्तिकै मेहेनत छ, केदार म सबैले आ–आफ्नो स्थानबाट राम्रो प्रयास गर्ने हो र त्यसमा हामी कहिले पनि चुक्दैनौँ ।
–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।