सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – सानाेफी र जीएसकेले नेपालमा एक पुनः संयोजक प्रोटिन काेभिड–१९ खोपको सहायक उम्मेदवारको सुरक्षा, प्रभावकारिता र प्रतिरक्षा क्षमता मूल्याङ्कन गर्नका लागि अनुमोदन प्राप्त गरेको छ । सुरक्षित, प्रभावकारी र किफायती खोपहरूको खोज, विकास र वितरणका लागि समर्पित एक अन्तर्राष्ट्रिय सङ्गठन इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) ले नेपालमा तीन अध्ययन साइटहरूमा चार हजार स्वयंसेवक भर्ना गर्ने अपेक्षा गर्दै, फेज थ्री क्लिनिकल परीक्षण सञ्चालन गर्नेछ ।
ग्लोबल क्लिनिकल परीक्षणकाे सहायताका लागि स्थानीय डाटा उत्पादन गर्न, आईभीआईको नेतृत्वमा यो चरण तीनको अध्ययनले नेपालमा खोप अनुसन्धान र विकासका लागि क्षमता र पूर्वाधार निर्माण गर्न जारी राख्नेछ । काेभिड–१९ को खोप उपलब्ध हुनेबित्तिकै, यदि उनीहरूले चाहेमा, अध्ययनका सहभागीहरूलाई अध्ययनको क्रममा अनुमोदित काेभिड–१९ को खोप लगाउन प्रोत्साहित गरिन्छ, अध्ययन डिजाइनको भागको रूपमा, अध्ययन खोप सुरक्षित र प्रभावकारी साबित भएसँगै नियन्त्रण समूहसहित सबै सहभागीहरूलाई उपलब्ध गराइनेछ ।
सानाेफी पास्चर भारत र दक्षिण एसियाका कन्ट्री हेड, अन्नपूर्ण दास भन्नुहुन्छ, ‘नेपाल सानाेफी पास्चरकाे मुख्य चरण तीनको अध्ययनमा भाग लिइरहेको छ र हामीले देशमा अध्ययन सहभागीहरूको नामाङ्कन सुरु गरेका छौँ । हामीले नेपालमा अध्ययनका लागि अन्तर्राष्ट्रिय खोप संस्थानसँग साझेदारी गरेका छौँ ।’
उहाँ थप्नुहुन्छ, ‘भाइरसको विकास जारी भएसँगै, हामी आउँदो महिना र वर्षमा के आवश्यकता पर्नेछ भनेर अनुमान लगाइरहेका छौँ र त्यहीअनुसार हाम्रो खोप विकास कार्यक्रमलाई अनुकूलित गरेका छौँ । हामीलाई विश्वास छ कि हाम्रो काेभिड–१९ सहायक, पुनः संयोजक खोपले काेभिड–१९ विरुद्धकाे चलिरहेको अभियानमा महत्त्वपूर्ण योगदान दिन सक्छ र चाँडो भन्दा चाँडो नेपालमा हाम्रो क्लिनिकल कार्यक्रम सुरु गर्न प्रतिबद्ध छौँ ।’
त्यस्तै आईभीआईकी उपमहानिर्देशक डा. अन्ह वारटल भन्नुहुन्छ, ‘काेभिड–१९ महामारीको अन्त्यका लागि विश्वव्यापी प्रतिरक्षा प्राप्त गर्न बढ्दो भेरियन्टको विरुद्ध परीक्षण गरिएको र कम संशाधन सेटिङ्ग्सको लागि पनि पहुँचयोग्य हुने नयाँ खोपहरूको एक नवीन पुस्ताको आवश्यकता छ । नेपालमा यो महत्त्वपूर्ण चरण तीनको अध्ययनमा सानाेफी पास्चरसँग सहकार्य गर्न पाउँदा, विशेषगरी यस वर्षको सुरुवातमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग यस क्षेत्रको सार्वजनिक स्वास्थ्यको सुदृढीकरणका लागि हाम्रो अहिलेकाे सहयोग सम्झौताको प्रकाशमा साझेदारी गर्न पाउँदा खुसी छौँ ।’
चरण तीन अध्ययनको बारेमा विज्ञप्ति हेर्नुहाेस्–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।