राष्ट्रिय फुटबल टाेलीका पूर्वकप्तान विराजले च्यासल युथ क्लबकाे कप्तानी गर्ने

 असोज १२, २०७८ मंगलबार १७:५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् । 

च्यासलले आज मङ्गलवार पत्रकार सम्मेलन गर्दै टाेलीलाई कप्तानी गर्न विराज महर्जनसँग एक वर्षे अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो ।

अघिल्लो सिजन मच्छिन्द्र क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका विराजको टोली विजेता भएको थियो । अखिल नेपाल फुटबल सङ्घले आयोजना गर्ने शहीद स्मारक ए डिभिजन लिग आउँदाे कात्तिक २९ बाट सुरु हुँदैछ । अनुभवी डिफेन्डर विराजले यसअघि न्युरोड टिम (एनआरटी), थ्री स्टार, सङ्कटा र मनाङ मर्स्याङ्दीबाट खेलिसकेका छन् ।

यस्तै च्यासलले स्कटल्यान्डका ली मान्सनलाई आजैको पत्रकार सम्मेलनबाट प्राविधिक निर्देशक नियुक्त गरेको छ । पछिल्लो पटक लाओस एफसीको प्राविधिक निर्देशकका रूपमा काम लीलाई क्लबले शहीद स्मारक ए डिभिजन लिगका लागि नियुक्त गरेको हो ।

आजै च्यासल युथ क्लबलाई खेलकुद सामग्री उत्पादक कम्पनी युक्यानले प्रायोजन गर्न क्लबसँग सम्झौता गरेको छ । चिनियाँ ब्रान्ड युक्यानले आज च्यासललाई एक वर्षका लागि प्रायोजन गर्ने सम्झाैता गरेको हो । च्यासलका अध्यक्ष रमेश व्यञ्जनकार र युक्यानका निर्देशक राजेन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै युक्यानले च्यासललाई शहीद स्मारक ए डिभिजन लिगमा किट्स उपलब्ध गराउनुपर्नेछ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया