रुकुम : राजनीतिक रिसइबी, खानेपानी मुहानकाे विवादलाई लिएर खुकुरी प्रहार हुँदा एक जना घाइते

 असोज १३, २०७८ बुधबार २०:७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

घटना भएकाे रुकुम पश्चिमकाे स्यालाखदी गाउँ

रुकुम पश्चिम – रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर ३ स्यालाखदीका २३ वर्षीय कर्णबहादुर बोहरा देवकोटा खुकुरी प्रहारबाट गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

पुरानो राजनीतिक रिसइबी, खानेपानी मुहानको पुरानो विवादका कारण घटना भएको प्रहरीले जनाएको छ । घाइते बोहरा नेपाली कांग्रेसका कार्यकर्ता हुनुहन्छ भने आक्रमणकारीहरू नेकपा माओवादी केन्द्रका कार्यकर्ता रहेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी कपिलजंग शाहीका अनुसार घाइते बोहराको मुख, चिउँडो, टाउकोमा चोट लागेको छ । उहाँलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको छ । 

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार भौगोलिक रूपमा विकट र त्यहाँ प्रभावकारी उपचारको व्यवस्था नभएकाले हेलिकप्टरमार्फत थप उपचारका लागि अन्यत्रै लैजाने पहल भइरहेको छ । 

घटनामा संलग्न हुनेहरूमा त्यहीँ ठाउँका १८ वर्षीय महेन्द्र विक, २४ वर्षीय गोपाल विक, २१ वर्षीय विष्णु कामी, २२ वर्षीय कृष्ण विक रहेको प्रहरीले जनाएको छ । उनीहरू फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । 

घटनाले ठूलो रूप लिने देखिएपछि जिल्लाबाट थप प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी कार्यालयले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया