बालुवा झिक्दै गर्दा त्रिशूलीमा डुबेर मजदुरको मृत्यु

 भदौ १८, २०७५ सोमबार १३:३३:५१ | उज्यालो सहकर्मी

धादिङ – बालुवा झिक्ने क्रममा एक जना मजदुरको सोमबार त्रिशुली नदीमा डुबेर मृत्यु भएको छ । 

गजुरी गाउँपालिका वडा नम्बर –६, बेल्खुस्थित त्रिशूली नदीबाट बालुवा झिक्न लाग्दा सिद्धलेक गाउँपालिका वडा नम्बर –७, निवासी २८ वर्षीय प्रकाश थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर वि.क.ले जानकारी दिनुभयो । 

घटनापछि प्रहरी र मजदुरले खोजी कार्य गरेका थिए । वर्षाका कारण बढेकोले नदी किनारमा काम गर्ने मजदुर हरु जोखिम मोलेर काम गरिरहेका छन् । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया