अर्घाखाँचीका कुनै गाउँमा बिजुली नपुगेको भए सूचना दिन प्राधि...
फागुन २९, २०८१ बिहिबार
महोत्तरी – पूर्व–पश्चिम राजमार्ग अन्तरगत महोत्तरी र धनुषाको सीमा क्षेत्रको रातु नदीमा तोकिएको भन्दा १८ महिना पहिले नै पुल निर्माण सम्पन्न भएको छ ।
रसुवा कन्स्ट्रक्सन कम्पनीले सम्झौता भन्दा १८ महिना पहिले नै पुल निर्माणको काम सम्पन्न गरेको हो । २०७३ असार २९ मा सम्झौतापत्रमा २०७६ सालको पुसमा पुल निर्माणको काम सम्पन्न गर्ने उल्लेख भए पनि रसुवा कन्सट्रक्सन ले १८ महिना पहिले नै पुलको काम सकेको छ ।
२ सय ५० मिटर लम्बाइ र १० दशमलब ९० मिटर चौडाइको यो पुलमा अबको केही समयमै गाडी गुडाउने तयारी छ ।
‘पूर्व–पश्चिम राजमार्ग र राजधानी काठमाडौंसँग जोड्ने यो पुल लाइफलाइन नै हो’ निर्माण कम्पनीका अघ्यक्ष इञ्जिनियर राजेन्द्रराज आचार्यले सञ्चारकर्मी भन्नुभयो, ‘हामीले रातदिन मिहिनेत गर्याैँ। त्यसैले निर्धारित समय भन्दा १८ महिना अघि नै पुल निर्माणको कार्य सकिएको छ अब छिट्टै पुल सञ्चालनमा आउने छ ।’
पूर्व–पश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खम्बा भासिएपछि आवतजावतमा कठिनाई भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया बढाएको थियो । यो पुल २४ करोड ६० लाख रुपैयाँ बोलकबोल अनुसार निर्माण सम्पन्न भएको हो ।
आइगर्डर प्रिस्टेस डिजाइनबाट ६ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ । यसमा १० टन भार क्षमताका २ वटा गाडी एकसाथ आवतजावत गर्न सक्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rajkumar giri
Sept. 4, 2018, 2:24 p.m.राम्रो सरै राम्रो।बिकाश कर्यमा ढिलासुस्तीलेनै देश कम्जोर भयको हो।तेशैले यो कम्पनिलाइ अरु काम तुरुन्त दिन सरकारसङग अनुरोध गर्दछु। धन्यवाद
shankar khanal
Sept. 3, 2018, 6:41 p.m.पप्पु कन्स्ट्रक्सनकाे साहुलाई गलत्याएर ल्याएर देखाउने काम कसरी गर्नुपर्छ ।