थाइल्यान्डले साताैं विकेटका लागि ५० रनकाे साझेदारी गरेपछि न...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ८३ हजार तीन सय ७३ मात्रा खोप लगाएसँगै कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख ४२ हजार आठ सय ८८ जना पुगेको हो । उनीहरुमध्ये ६३ लाख ४८ हजार दुई सय ७९ जनाले पूर्ण मात्रा र ७६ लाख ९४ हजार ६ सय नौ जनाले एक मात्रा खोप लगाएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा आठ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार दुई सय १९ जनाको नमुना परीक्षण गर्दा आठ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९६ हजार ६ सय १८ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१ हजार नौ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
थप एक हजार एक सय २३ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या सात लाख ६७ हजार आठ सय १९ जना पुगेको छ । थप नौ जना सहित कोरोना भाइरसको सङ्क्रमणको कारण अहिलेसम्म ११ हजार एक सय ५७ जनाले ज्यान गुमाएका छन् । अहिले १७ हजार ६ सय ४२ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ५० जनाको आईसीयू र एक सय १२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।