एनसेलले ल्यायो ज्येष्ठ नागरिक लक्षित निःशुल्क सिमसहितको विशेष योजना

 असोज १७, २०७८ आइतबार २०:५६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरूसहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा हिजो शुक्रवारदेखि सञ्चालनमा ल्याइएको यस योजनाअन्तर्गत ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूले एनसेलको सिम निःशुल्क लिन सक्ने र साथै ५० रुपैयाँ वा त्याेभन्दा बढीको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रूपमा पाइने सेवा, सुविधाहरूको फाइदा लिन सक्ने एनसेलले जनाएकाे छ । 

यो योजनाअन्तर्गत पहिलो ५० रुपैयाँ वा त्याेभन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकले १०० एमबी डाटा र १०० वटा अन नेट एसएमएस बोनस पाउँछन् । त्यस्तै पहिलो रिचार्जपछि त्यस सिमबाट ज्येष्ठ नागरिकले ६ महिनासम्म विशेष छुटसहितको शुल्कमा भ्वाइस, डाटा र भारत कल सेवा लिन सक्छन् । ग्राहकले विशेष छुट अन्तर्गत १ रुपैयाँ प्रति मिनेटमा भ्वाइस सेवा, एक रुपैयाँ प्रति एमबीमा डाटा सेवा र एक रुपैयाँ ९९ पैसा प्रति मिनेटमा भारतमा कल गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यसका साथै यसै योजनाअन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । ५० देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले सात दिनको समयसीमा रहेको २०० एमबी डाटा बोनस स्वरूप प्राप्त गर्दछन् । त्यस्तै १०० देखि १९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले बोनसबापत ५०० एमबी डाटा पाउँछन् । २०० वा त्याेभन्दा बढी रिचार्ज गर्ने ग्राहकले १ जीबी डाटा बोनस स्वरूप प्राप्त गर्नेछन् । 

ज्येष्ठ नागरिकले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गइ सजिलै यो सिम कार्ड लिइ सेवा, सुविधाको लाभ लिन सक्छन् । यो योजना असोज २२ गतेसम्म सञ्चालनमा रहने एनसेलले जनाएकाे छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया