पूर्ण मात्रा खाेप लगाउनेकाे सङ्ख्या ६४ लाख नाघ्याे, थप ९ सय ६८ जनामा काेराेना पुष्टि

 असोज १९, २०७८ मंगलबार १७:१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ प्रतिशतमा मात्रै कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ४२ जनाको नमुना परीक्षण गर्दा ६ प्रतिशत अर्थात् नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज थपिएकासहित नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९१ हजार दुई सय २४ पुगेको छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९८ हजार सात सय ६६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार चार सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप एक हजार एक सय १४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७१ हजार तीन सय ३८ पुगेको छ । 

यही अवधिमा थप ६ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय ८० पुगेको छ । 

अहिले नेपालमा १६ हजार दुई सय ४८ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ३५ जनाको आईसीयू र एक सय २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार आठ सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६४ लाख नौ हजार एक सय ९६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यो कुल जनसङ्ख्याको २९ दशमलव पाँच प्रतिशत हो । यस्तै कुल ३६ दशमलव चार प्रतिशत अर्थात् ७९ लाख १३ हजार पाँच सय ५५ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।  

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया