आज ६६ औँ प्रहरी दिवस : देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै

 असोज २०, २०७८ बुधबार ९:५५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आज ६६ औँ प्रहरी दिवस, दिवसका अवसरमा आज बुधवार देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री, गृह मन्त्री लगायत उच्च पदस्थ व्यक्ति सहभागी हुँदैछन् । दिवसका अवसरमा एक प्रहरी एक वृक्ष अभियानसमेत सुरु भएको छ । 

यस्तै, काठमाण्डौबाहिर केही दिनदेखि नै रक्तदान, वृक्षरोपण लगायतका कार्यक्रम भइरहेका छन् । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिवसका अवसरमा शुभकामना दिँदै प्रहरीले दिने सेवा जनमुखी, पारदर्शी र छिटो छरिताे हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया