बढी भाडा मागेमा यात्रु सहायता कक्षमा गुनासाे टिपाउन प्रहरीको आग्रह

 असोज २१, २०७८ बिहीबार ८:३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अग्रिम टिकट बुकिङमा तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य भएको यात्रुले  गुनासो गरेका छन् । गएको असारमा सरकारले लामो दूरीका गाडीमा २८ प्रतिशतले भाडा बढाएको थियो । तर, दशैँको मौका छोपेर टिकट काउन्टरहरुले त्यो भन्दा पनि बढी भाडा लिने गरेका यात्रुले गुनासो गरेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले आफू ठगिएको जस्तो लागे नजिकैको यात्रु सहायता कक्षमा गुनासो टिपाउन आग्रह गर्नुभएको छ । टिकट काउण्टर नजिक रहेका यात्रु काठमाण्डौदेखि बाहिर जाने ७७ वटै जिल्लाको भाडादर टाँसिएको र त्यो भन्दा धेरै लिएको पाइएमा कारबाही गरिने उहाँले बताउनुभयो ।

धेरैजसो टिकट काउन्टर अगाडि सहायता कक्ष राखिएकाले यात्रु ठगिने सम्भावना नभएको उहाँको दाबी छ । कोही अलमलिएमा सहायता कक्षमा रहेकाहरुले नै उनीहरुलाई सोधेर सहयोग गर्दै आएको उहाँ बताउनुहुन्छ । अहिले सादा पोशाकमा ट्राफिक प्रहरी खटिएर बढी भाडा लिए, नलिएको र अरु विभिन्न खालका अनुगमन गरिरहेको पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया