बाग्मती प्रदेशमा सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – आजदेखि सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन् । दशैँमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट पर्मिट हटाइएको हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्नेछन् ।
यस्तै, सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाण्डौसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाएको विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो ।
यो सडकखण्डमा धेरै गाडी ओहोरदोहोर हुने भएकाले ठूला गाडीलाई प्रवेशमा रोक लगाइएको हो । यो सडकखण्ड भएर दैनिक हजारौँ गाडी ओहोरदोहोर हुन्छन् । विशेषगरी चाडपर्वमा त झन् गाडीको संख्या दोब्बर तेब्बरले बढ्ने गरेको छ । दशैँका लागि बाहिरिने यात्रुको संख्या बढेसँगै केही दिन यता यो सडकखण्डमा लामो जाम हुने गरेको छ । अहिले पनि नागढुंगा नौबिसे सडकखण्डमा गाडी चापमा चलिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।