मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्ने

 असोज २१, २०७८ बिहीबार १५:१४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात् आईपीओ निष्कासन गर्ने भएको छ ।

मुक्तिनाथ विकास बैंकलगायत नेपालका आठ सय भन्दा धेरै व्यवसायीको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि चार करोड रुपैयाँ मूल्य बराबरको चार लाख कित्ता आईपीओ जारी गर्न लागेको जानकारी दिएको छ ।

२०७५ सालमा एक अर्ब रुपैयाँ अधिकृत पुँजी र ४० करोड रुपैयाँ जारी पुँजीसहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । आईपीओ निष्कासनका लागि मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

आउँदो चैत मसान्तभित्रै आईपीओ निष्कासन गर्ने कम्पनीको तयारी छ ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया