कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजारमा झर्‍याे

 असोज २१, २०७८ बिहीबार १७:३६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजारमा झरेको छ । आज नौ सय ११ जना सङ्क्रमणमुक्त भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार नौ सय ४२ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा अहिलेसम्म सात लाख ७३ हजार एक सय ४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा आठ सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६ सय ७२ जनाकाे नमुना परीक्षण गर्दा आठ सय पाँच जना अर्थात् सात दशमलव ५४ प्रतिशतमा सङ्क्रमण देखिएको हो । आज थपिएकासहित नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९३ हजार ७२ पुगेको छ । 

यही अवधिमा थप आठ जना सङ्क्रमितको ज्यान गएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय पुगेको छ । 

अहिले तीन सय २९ जनाको आईसीयू र एक सय १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

यसैबीच, पछिल्लो २४ घण्टामा ५७ हजार एक सय ५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६४ लाख ३० हजार चार सय ३१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यो कुल जनसङ्ख्याको २९ दशमलव ६ प्रतिशत हो । यस्तै ८० लाख आठ हजार आठ सय ५४ जना अर्थात् ३६ दशमलव आठ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया