थाइल्यान्डले साताैं विकेटका लागि ५० रनकाे साझेदारी गरेपछि न...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ ।
अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरफेर गर्ने तालिकाअनुसार बेलायत सरकारले नेपाललगायत ४७ देशलाई रातो सूचीबाट हटाएको हो । आउँदो सोमवारदेखि लागू हुने गरी बेलायतले नेपाललाई रातो सूचीबाट हटाएको हो ।
रातो सूचीबाट हटेसँगै कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएकाहरु बेलायत जाँदा अनिवार्य होटल क्वरेण्टीनमा बस्नु पर्ने छैन । रातो सूचीमा हुँदा बेलायतले तोकिदिएको होटलमा १० दिन क्वरेण्टीनमा बस्नै पर्ने बाध्यता थियो ।
अब होम क्वरेण्टीनमा बस्दा हुनेछ । कोरोना महामारीका कारण बेलायतले नेपालसहित विश्वका धेरै देशलाई रातो सूचीमा राखेको थियो ।
दशैँ तथा तिहारको मुखैमा नेपाललाई रातो सूचीबाट हटाए पछि ट्राभल व्यवसायीहरू पनि उत्साहित भएका छन् । अब बेलायतले मान्यता दिएको कोभिड विरुद्धको दुवै मात्रा खोप लगाएकालाई होटेल क्वरेण्टीनमा बस्नु नपर्ने लण्डनका ट्राभल व्यवसायी विराज भट्टले बताउनुभयो । तर अझै पनि यात्रुहरूले निगेटिभ पीसीआर रिपोर्ट भने देखाउनुपर्छ ।
त्यसैले यात्रा गर्नुभन्दा पहिला बेलायत सरकारले जारी गरेको नियम पढेर वा आफ्नो ट्राभल एजेन्टसँग राम्रोसँग बुझेर मात्रै यात्रा गर्न उहाँको सुझाव छ ।
बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डका एसोसियट डिन तथा विश्व जनस्वास्थ्य विषयका प्राध्यापक डा. पदम सिम्खडाका अनुसार अब नेपाललाई रातो सूचीबाट हटाइएकाले नेपालबाट विद्यार्थीहरू जान र अनुसन्धानसम्बन्धी कामका लागि बेलायती अनुसन्धानकर्ताहरू नेपाल आउन सजिलो हुने भएको छ ।
बेलायतले अक्सफोर्ड एस्ट्राजेनेका, फाइजर, मोडेर्ना र जोनसाेन एण्ड जोनसाेनको खोप लगाएकालाई आफ्नो देश प्रवेशमा अनुमति दिएको छ । नेपालबाट बेलायत जाँदा खोप लगाएको प्रमाण पेस गर्नुपर्ने छ।
लण्डनमा रहेको नेपाली दूतावासले बेलायतले नेपाललाई रातो सूचीबाट हटाएकोमा धन्यवाद दिएको छ । नेपाललाई रातो सूचीबाट हटाउन दूतावासले बेलायत सरकारसँग आग्रह गर्दै आएको थियो ।
बेलायतले अझै पनि पानामा, पेरु, कोलम्बिया, भेनेजुएला, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकलाई भने रातो सूचीमा नै राखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।