समता शिक्षा अभियन्ता सञ्जेलको ३ सय रुपैयाँमै विवाह

 भदौ १८, २०७५ सोमबार १९:२७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एक सय रुपैयाँमै नर्सरीदेखि स्नातकोत्तरसम्म पढाउने समता शिक्षा अभियानका अभियन्ता उत्तम सञ्जेल वैवाहिक बन्धनमा बाँधिएका छन् । 

सञ्जेलले आफैले सञ्चालन गरेको समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत सुन्दरीजलकी कला अधिकारीसँग विवाह गरेका हुन् । 
काठमाण्डौंको गुहेश्वरी मन्दिर परिसरमा साधारण कार्यक्रम गरेर उनीहरु वैवाहिक बन्धनमा बाँधिएका हुन् ।  

उनीहरुको बिहेमा सहभागी जन्तीहरु पनि थोरै थिए भने बिहेमा जम्मा ३ सय रुपैयाँ मात्रै खर्च भएको सञ्जेलले बताउनुभयो । 

कलालाई दुलही बनाएर भित्र्याउन सिन्दुर, पोते र सयपत्री फूलको माला किन्दा ३ सय रुपैयाँ खर्च भएको थियो । विवाहमा बेहुला उत्तमले समता स्कुल भारत लेखिएको टिसर्ट र पाइन्टका साथै चप्पल लगाएका थिए भने बेहुली कलाले पनि कुर्ता सुरुवाल र चप्पल लगाएकी थिइन् । बेहुलीले लगाउने घुम्टो पनि उत्तमलाई आफन्तले नै उपहार दिएका थिए ।  

जन्तीको रुपमा चर्चित हस्तीहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, सुवास घिमिरे, प्रतीक प्रधान, मनोज गजुरेल, सीताराम कट्टेल लगायत रहनुभएको थियो । 

बिहेपछि महसञ्चारले भोजको आयोजना गरेको थियो । भोजमा सुगर फ्री लड्डु बाँडिएको थियो । तर निम्तालु हिँडेपछि भने सञ्जेलले जग्गेमै बसेर परम्परागत शैलीमा बिहे गरेको तस्विर पनि सार्वजनिक भएको छ । 

सञ्जेलले नेपालका ७७ जिल्लासहित छिमेकी देश भारत, श्रीलंका, बंगालदेशका करिब ६५ हजार गरिब बिद्यार्थीलाई सहज शिक्षा अभियान चलाइरहेका छन् ।

तस्बिर साैजन्य: गजुरीयल डट कम
 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Durga

    Sept. 4, 2018, 7:17 a.m.

    Please, do not give out story like this. everyone knows it is impossible. This kind of story will not give you fame. It will bite you in the back. I think it is a joke of some jokers to make people laugh. those people are highly respected to me and I would not make a cheap joke about them. In this day and age it will cost more then Rs. 300 Just for a good pier of Mala.

  •  0 Reply

तपाईको प्रतिक्रिया