मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग मागेकाे भन्ने कुरामा सत्यता छैन : मन्त्री कार्की

 असोज २२, २०७८ शुक्रबार १४:३९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग मागेकाे भन्ने कुरामा कुनै सत्यता नभएकाे जनाएकाे छ । 

आज शुक्रवार प्रतिनिधि सभाकाे बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकार गठनका निम्ति प्रधानन्यायाधीशले भाग मागेको सम्बन्धमा स्पष्ट पार्न माग गर्नुभएको थियो । त्याे प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार गठनमा प्रधानन्यायाधीशले भाग नमागेको स्पष्ट पार्नुभयो । 

कानुन मन्त्री कार्कीले भन्नुभयो, ‘आफ्नो बोल्ने क्रममा उहाँले प्रधानन्यायाधीशले सरकारमा भाग मागेको भन्ने कुरा पनि उल्लेख गर्नुभएको छ । म यहाँलाई यो सम्मानित सदनमार्फत आग्रह गर्न चाहन्छु, यसमा कुनै सत्यता छैन । र यस किसिमको भ्रममा नपर्नका निमित्त म मान्यजीलाई आग्रह गर्दछु ।’ 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया