थाइल्यान्डले साताैं विकेटका लागि ५० रनकाे साझेदारी गरेपछि न...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – यसपालिको चाडपर्व थप उल्लासमय हुने भएको छ । एनसेलका ग्राहकले यस उत्सवका बेलामा आफ्ना परिवार, साथीभाइ र आफन्तले मलेसिया, युनाइटेड अरब इमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ जना ग्राहकले स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
एनसेल आजियाटा लिमिटेडले दशैँ, तिहार र छठ पर्वको अवसरमा हिजाे बिहीवार (असोज २१) देखि लागू हुने गरी यो आकर्षक योजना सञ्चालनमा ल्याएकाे हाे । यस योजनामा धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले एक/एक वटा गरी हरेक हप्ता २१ वटा स्मार्टफोन पाउनेछन् ।
साथै विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता एक स्मार्टफोन पाउन सक्नेछन् ।
यो योजना पाँच हप्ता अर्थात् कात्तिक २४ गतेसम्म सञ्चालनमा रहने एनसेलले जनाएकाे छ । यस अवधिमा एक सय १० जना ग्राहकले स्मार्टफोन पाउनेछन् । स्मार्टफोन जित्नका लागि योग्य हुन कम्तीमा ग्राहकले माथि उल्लेखित देशहरूबाट कम्तीमा दुई मिनेट आगमन कलमा कुरा गरेको हुनु पर्दछ । ब्यालेन्स रिचार्ज अन्तर्गत स्मार्टफोन जित्न योग्य हुनका लागि भने ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनु पर्दछ ।
प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल सङ्ख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा २१ जना स्मार्ट फोन विजयी ग्राहकको नाम छानिने छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । हरेक हप्ता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल सङ्ख्या र रकमका आधारमा एक जना ग्राहकले स्मार्टफोन पाउनेछन् ।
यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरू माझ चाडपर्वको शुभकामना आदानप्रदान गर्न र मनोरञ्जनका लागि शुक्रवार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुँदैछ । यस कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले आ–आफ्ना गीतहरू मार्फत गीत सङ्गीतको आनन्द दिनेछन् भने कमेडियन सुमन कार्कीको हस्यकलाले मनोरञ्जन प्रदान गर्नेछ ।
यस योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाण्डाैबाहिर रहेका एनसेल सेन्टरबाट ग्राहकको सुविधाअनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ । स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरूले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुरु गर्न सक्छन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट बोनस पाउँछन् ।
यसरी प्राप्त बोनस तीन दिनका लागि मान्य हुनेछ । ग्राहकले त्याे बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन सक्ने एनसेलले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।