मन्त्रीहरूलाई प्रधानमन्त्रीकाे निर्देशन : ‘उत्साह र इमानदारिताका साथ काम गर्नू’

 असोज २२, २०७८ शुक्रबार १९:४५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिककाे अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । 

मन्त्रिपरिषदलाई पूर्णता दिएलगत्तै आज शुक्रवार बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले देशको आवश्यक्ताअनुसार उत्साह र इमानदारिताका साथ नागरिककाे अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिनुभएको हो ।

त्यस अवसरमा उहाँले नवनियुक्त मन्त्रीहरूको कार्यकालको पूर्ण सफलताको कामनासमेत गर्नुभएको नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

त्यसैगरी मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषद्का समितिहरूलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता कार्कीले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सबै मन्त्रीलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । देशको आवश्यक्ताअनुसार उत्साह र इमानदारिताका साथ काम गर्न जनअपेक्षाअनुसार अगाडि बढ्नका निम्ति सबै मन्त्रीलाई निर्देशन दिनुभएको छ । आजको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने, २०७८/०५/२५ मा गठित मन्त्रिपरिषद् समितिहरू पुनर्गठन गर्ने निर्णय गरिएको छ ।’ 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया