केही महिनाभित्रै नेपाललाई काेराेनामुक्त बनाउने अभियानमा बढी ध्यान जानेछ : मन्त्री खतिवडा

 असोज २२, २०७८ शुक्रबार २०:७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढी ध्यान केन्द्रित गर्ने बताउनुभएको छ ।

नवनियुक्त मन्त्री खतिवडाले अनियमितता, भ्रष्टाचारलगायतका कुरालाई अन्त्य गर्न कामै गरेर देखाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

आज शुक्रवार बेलुकी सिंहदरबारमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटले देखाएका कामहरूलाई समयमै सम्पन्न गर्ने काममा पनि आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । 

नवनियुक्त मन्त्री खतिवडाले भन्नुभयो, ‘नेपाललाई कोरोनामुक्त बनाउने अभियानमा हामी सबैभन्दा बढी ध्यान केन्द्रित गर्छाैँ । यस मन्त्रालयसँग गाँसिएका, बजेटले देखाएका र गर्नुपर्ने कामहरू समयमै सम्पन्न गर्ने र बाहिर चर्चामा आउने गरेका अनियमितता, भ्रष्टाचारलगायतका कुराहरू नियन्त्रणमा गरेर देखाउने काममा मेरो ध्यान केन्द्रित हुनेछ ।’

उहाँले सत्तारुढ गठबन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रम र प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समग्रमा आफ्नो कामलाई अघि बढाउने बताउनुभयो । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया