बाग्मती प्रदेशमा सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - आज दशैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ ।
कोरोना जोखिमकै बीच पनि देशका विभिन्न शक्तिपीठमा आज चन्द्रघण्टादेवीको पूजा भइरहेको छ ।
गएको वर्ष सुनसान भएको काठमाण्डौको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजुभवानी, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ ।
काठमाण्डौ उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना लगायतका शक्तिपीठमा दर्शनार्थीको भीड लाग्ने लागेको छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण चन्द्रघण्टा भनिएको मानिन्छ ।
चन्द्रघण्टा देवीको रूपको पूजाले मानिसले राक्षसी तथा भूत प्रेत शक्तिबाट उन्मुक्ति पाउँछन् भन्ने विभिन्न शास्त्रमा उल्लेख छ । नवरात्रिका नौ दिनमा पहिलो दिन शैलपुत्री र हिजो दोस्रो दिन ब्रहृमचारिणी देवीको पूजा गरिएको छ ।
चौथो दिन भोलि कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटाैं दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।