तीन वटा प्रदेशबाट मनसुन बाहिरियाे, देशभरबाट बाहिरिन अझै केही दिन लाग्ने

 असोज २३, २०७८ शनिबार ७:४२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ । पूरै नेपालबाटै मनसुन बाहिरिन अझै केही दिन लाग्ने भए पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट भने मनसुन बाहिरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिएपछि र तीन दिनसम्म लगातार पानी नपरेमा मनसुन बाहिरिएको मानिन्छ ।  यो लक्ष्यण अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्रै देखिएको छ ।

बिस्तारै अरु प्रदेशको मनसुन पनि बाहिरिँदै जाने उहाँले बताउनुभयो । यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो ।

यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने मौसमविद्को भनाइ थियो । तर मौमसविद्ले अनुमान गरेको अक्टोबर २ तारिखभन्दा एक हप्ता बढी समय घर्किसकेपछि बल्ल विभिन्न प्रदेशको मनसुन बाहिरिने क्रम सुरु भएको छ ।

यसैबीच आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही पहाडी भेगमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । बाँकी प्रदेशका एक वा दुई ठाउँमा बेलुकातिर मेघगर्जनसहित  सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया