सरकारी कम्पनीले ल्याएका खसीबोकाको बिक्री सुरु

 असोज २३, २०७८ शनिबार ८:१४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि आजदेखि खसीबोका बिक्री सुरु गरेको छ।

खाद्यको थापाथलीमा रहेको प्रधान कार्यालयबाट खसीबोका बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले बिहानसम्म मकवानपुर र दाङबाट गरी ५ सय ३० खसीबोका ल्याइएको छ  ।

जसमध्ये २ सय १ मकवानपुरबाट र बाँकी दाङबाट ल्याइएको हो ।  अरु खसीबोका पनि बिस्तारै ल्याउने उहाँले बताउनुभयो । यो वर्षको दशैँमा खाद्यले दाङबाट ८ सय र मकवानपुरबाट एक हजार दुई सय खसीबोका ल्याउने खनालले बताउनुभयो ।  खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसीबोका खरिद गरेको छ ।

खाद्यले बेच्ने मूल्य भने  प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । गएको वर्ष खाद्यले ५ सय ५० रुपैयाँमा बिक्री गरेको थियो । पोहोरको तुलनामा यसपालि उपभोक्तालाई ९० रुपैयाँ महँगो पर्ने भएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया