बाग्मती प्रदेशमा सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - धनुषामा दुईजना छोराको हत्यापछि आमाले आत्महत्या गरेकी छन् ।
नगराइन नगरपालिका-४ की २४ वर्षीया गुडियादेवी साहले हिजो बेलुका छोराहरू पाँच वर्षीय अभिषेक र तीन वर्षीय आदित्यलाई डोरीले घाँटीमा कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुवै छोराको हत्यापछि गुडियाले पनि घरमै आत्महत्या गर्नुभएकाे हाे ।
घटना भएको बेला गुडियाका श्रीमान गुरुदेव कामको सिलसिलामा बाहिर हुनुहुन्थ्यो सासु र ससुरा पनि घर बाहिर नै रहेका थिए । घरमा कोही नभएको बेला चर्को स्वरमा स्पिकर बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
१० वर्ष अगाडि गुडिया र गुरुदेवले भागेर प्रेम विवाह गर्नुभएको थियो । तर गुडियाका आमाबुवाले विवाह स्वीकार गरेका थिएनन् । घटनाको कारण खुलिनसकेको डीएसपी बस्नेतको भनाइ छ ।
तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।