बाग्मती प्रदेशमा सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालभर थप सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ३१ जनाको नमुना परीक्षण गरेकोमा सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख एक हजार ६ सय ३३ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९२ हजार नौ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ सय ९९ जना निको भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या सात लाख ७५ हजार ७२ जना पुगेको छ ।
थप ११ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय २१ जना पुगेको छ । अहिले नेपालमा १५ हजार तीन सय ४० जना सक्रिय सङ्क्रमित रहेकोमा तीन सय १७ जनाको आईसीयू र एक सय १३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९० हजार नौ सय ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६४ लाख ४६ हजार नौ सय ५७ जना पुगेको छ । ८१ लाख २७ हजार दुई सय ६२ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।