अछाममा दुलही पुर्याएर फर्किने क्रममा जीप दुर्घटना : चार जनाको ज्यान गयो, १३ जना घाइते

 असोज २५, २०७८ सोमबार ७:२०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अछाममा दुलही पुर्याएर फर्किँदै गरेको जीप भीरबाट खस्दा चार जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा राति ११ बजे पछि से १ च १७६३ नम्बरको जीप दुर्घटनामा परेको नगरपालिकाका मेयर देवराज देवकोटाले उज्यालोलाई जनाकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षका जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षका जीवन न्यौपाने र १७ वर्षका हिमाल नेपालीको ज्यान गएको हो ।

घाइते भएका १३ जनामध्ये दुई जनालाई थप उपचारका लागि बाँकेको नेपालगञ्जमा रेफर गरिएको छ । अरुको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ । केही घाइतेको अवस्था गम्भीर छ । हिजो पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर २ को कोटबाट दुलहीलाई वडा नम्बर १ को नादीमा पुर्याएर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

रातको समय भएको र चालकलाई सडकको अवस्थाबारे थाहा नहुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । जीप ब्याक गर्ने क्रममा भीरबाट खसेको पनि मेयर देवकोटाले जानकारी दिनुभयो । बसका चालक घाइते छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिर : यकेन्द्र खत्री

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • radio Gaunghar Achham

    Oct. 11, 2021, 9:09 a.m.

    बस हाेइन जीप हाे खसेकाे

  •  0 Reply

तपाईको प्रतिक्रिया