सुनको भन्सार महसुल घट्यो, भाउ पनि घट्ने
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई १५ हजार जरिबानाको फैसला गरेको छ ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ काठमाण्डौ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले यस्ताे फैसला गरेको हो । दाहालले पद्मकन्या क्याम्पससँग २०७३/७४ देखि २०७५/७६ सम्मको आन्तरिक र महालेखा लेखापरीक्षकको अन्तिम लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि माग गर्नुभएको थियो ।
साथै, दाहालले क्याम्पसमा सूचना अधिकारी तोकिएको छ/छैन भने जानकारी माग्दै सूचना अधिकारी तोकिएको भए नियुक्ति गर्ने निर्णयका साथै नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि समेत माग गर्नुभएको थियो। सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार क्याम्पससँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता दाहालले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा २०७७ पुस २३ गते सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाएर पुनरावेदन दर्ता गर्नु भएको हो ।
पुनरावेदन दर्तापछि सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक भएको आदेशको पालना नगरि सूचना उपलब्ध नगराएकाले संविधान प्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले १५ हजार जरिबाना हुने ठहर गरेको हो ।
सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा ९१० बमोजिम अक्षरेपी १५ हजार जरिबाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको आयोगका आयोगका सूचना अधिकारी विश्वबन्धु पोखरेलले बताउनुभयो ।
पुनरावेदकले मागेको सूचनासमेत उपलब्ध नगराएको, आयोगबाट भएका आदेश र पत्राचारको समेत पटक–पटक उल्लङ्घन गरेको साथै, गैरजिम्मेवार चरित्र प्रदर्शन गरेकाले संविधान प्रदत्त नागरिकको मौलिक हकको प्रचलनका लागि दण्डित गर्नुपर्ने देखिएको आयोगको निर्णयमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।