वालिङ जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या तीन पुग्यो

 असोज २५, २०७८ सोमबार ११:२७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको वालिङमा हिजाे साँझ भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।

दुर्घटनामा परि घाइते भएकी गल्याङ-१० की ४ वर्षीया करिश्मा थापाको उपचारका क्रममा पोखरामा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

आइतवार साँझ भएको दुर्घटनामा परि गल्याङ-१० का ३२ वर्षीया गङ्गा पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको ज्यान गएकाे थियाे । दुर्घटनामा परि घाइते भएकाहरुमध्ये तीन जनाको डिस्चार्ज भएको छ भने १४ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरकाे जीप वालिङ १० मदिखोलामा दुर्घटनामा परेको थियो । जीप ग्रामीण सडकबाट एक सय मिटर तल झरेको थियो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया