२४ घण्टाभित्र भक्तपुरका मुख्य र सहायक सडकका खाल्डाखुल्डी पुर्न निर्देशन

 असोज २५, २०७८ सोमबार १३:४७:२२ | रासस
unn.prixa.net

फाइल तस्बिर

भक्तपुर - भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।

नेपालीहरुको महान चाड दशैँ तिहारमा सडकका खाल्डाखुल्डीले यात्रुलाई समस्या हुने, सडक जाम हुने र दुर्घटना हुन सक्ने भन्दै पुर्न निर्देशन दिनुभएको हो ।

जिल्ला प्रशासन कार्यालयमा भक्तपुरका सडकमा कार्यरत विभिन्न सडक आयोजना प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, भक्तपुरका चार वटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इन्जिनियर, चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा सार्वजनिक सरोकारका विषयमा विभिन्न निर्णयसमेत गरिएको छ ।

छलफलमा नगरकोट सडक तत्काल मर्मत गरी निर्माण सम्पन्न गर्न र मध्यपुरथिमिको निकोसेरा सडक आज दिनभरमा खाल्डाखुल्डी पुरेर सहजरुपमा गाडी सञ्चालन गर्न सक्ने बनाउन प्रजिअ शर्माले निर्देशन दिनुभयो ।

आफूले यहाँ आएपछि भक्तपुरका अधिकांश सडक घुम्ने क्रममा सडकको कन्तबिजोग देखेको उल्लेख गर्दै उहाँले सडकको दुरावस्थाको तस्बिर र जनताबाट आएका गुनासाको चाङ देखाएर जनगुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयो । 

छलफलमा सडक विस्तार गर्दा विद्युतले पोल नसारिदिँदा दुर्घटनाको जोखिम बढेको, केबुल र इन्टरनेटका तार लत्रँदा दुर्घटना भएको, सडकमा चौपाया र सडक बत्ती नहुँदा राजमार्गमा दुर्घटना बढेको, सडकलाई पार्किङ क्षेत्र बनाइएको लगायत समस्यामाथि छलफल भएको थियो । 

 त्यस्तै प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख सल्लाहकार, सहायक प्रमुख जिल्ला अधिकारी सदस्य सचिव र जिल्लामा सञ्चालित विभिन्न सडक आयोजनाका प्रमुख, चारवटै सुरक्षा निकायका प्रमुख एवं नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख सदस्य रहने गरी कमाण्ड सेन्टर गठन गरिएको छ ।

अन्तिम अपडेट: असोज १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया