पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर सात सय ८५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १२ हजार एक सय ९५ नमुनाको परीक्षण गर्दा सात सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ४३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे हो । आज थपिएकासहित नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९५ हजार नौ सय ७७ पुगेकाे छ ।
यस्तै थप आठ सय ८८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७६ हजार आठ सय ३१ पुगेको छ ।
२४ घण्टामा थप १२ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ४३ पुगेको छ ।
अहिले १४ हजार सात सय ८७ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय १४ जनाको भेन्टिलेटर र एक सय ११ जनाको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक लाख २७ हजार पाँच सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ८३ लाख १७ हजार नौ सय दुई जनाले पहिलो मात्रा र ६४ लाख ६२ हजार सात सय ७६ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।