थाइल्यान्डले साताैं विकेटका लागि ५० रनकाे साझेदारी गरेपछि न...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - काठमाण्डौका मुख्य नाकामा गाडी चापमा चलिरहेका छन् ।
आजदेखि दशैँ बिदा सुरु भएकाले काठमाण्डौ उपत्यका छोड्ने यात्रुको सङ्ख्या आज धेरै हुन्छ । फुर्सद भएका र विद्यार्थीहरु यसअघि नै गाउँ घर फर्किए पनि काम विशेषले बसेका धेरैजसो आज र भोलि फर्किने गरेका छन् ।
अहिले कलङ्की, नयाँ बसपार्क, कोटेश्वर जडीबुटीलगायत ठाउँमा गाडीको चाप छ । दशैँका बेला गाउँ घर जाने यात्रुले सधैँ सकसपूर्ण यात्रा गर्नु पर्ने अवस्था छ । मध्यम तथा छोटो दूरीका गाडीमा क्षमताभन्दा धेरै यात्रु चढाउने गरिएकाले यात्रा यात्रा झन् कष्टकर बन्ने गरेको छ ।
यसपालि बेलैमा सडक मर्मत हुन नपाउँदा सास्ती झन् थपिएको छ । गएको २४ घण्टामा झण्डै ८३ हजार यात्रुले काठमाण्डौ छोडेका छन् । यो सङ्ख्या आज झन् बढ्ने छ । यस्तै गएको २४ घण्टामा २७ हजार यात्रु काठमाण्डौ भित्रिएका छन् ।
गएको ११ गतेदेखि अहिलेसम्म झण्डै सात लाख यात्रुले काठमाण्डौ छोडेका ट्राफिक प्रहरीको तथ्याङ्क छ । घटस्थापनादेखिको हिसाब गर्दा अहिलेसम्म ८ लाखभन्दा धेरै काटमाण्डौबाट बाहिरिएका यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।