कपिलवस्तुको  कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रणमा आउँदै

 असोज २६, २०७८ मंगलबार १२:१४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तुकाे शिवराज अस्पताल

काठमाण्डाै - कपिलवस्तुको  कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रणमा आउन थालेको छ ।

गएको १८ गतेदेखि बिहान सात बजेसम्म ७ सय ५८ जना बिरामी कृष्णनगरको शिवराज अस्पतालमा उपचारका लागि आएकामा अहिलेसम्म ७ सय ३ जना निको भएर घर फर्किएका छन्। बाँकीको उपचार चलिरहेको शिवराज अस्पतालका डा. मुकेश चौधरीले जानकारी दिनुभयो ।

अरु विभिन्न अस्पतालहरुमा पनि बिरामीहरुको उपचार चलिरहेको छ । कृष्णनगर नगरपालिकाको ७, ८ र ९ मा फैलिएको झाडापखाला तथा बान्ताका कारण अझै पत्ता नलागेपछि पानीको परीक्षणका क्रममा दिसामा पाइने जीवाणु भेटिएको छ । अहिले टोलटोलमा जनचेतनाको कार्यक्रमहरु भइरहेका छन् ।

नगरपालिका र स्वास्थ्यकर्मीको टोलीले खाना बनाउनु वा खानु अघि साबुन पानीले हात धुन, राम्ररी पाकेको खाना मात्र खान, बासी वा सडेगलेका खानेकुरा नखान, पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउनु अनुरोध गर्दै आएका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडापखाला प्रभावित क्षेत्रको पानीमा इकोली नामक किटाणु फेला परेको पाइएको छ । सरकारले भने यसअगाडि नै झाडापखाला नियन्त्रणमा आइसकेको जनाएको थियो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया